गलेश्वर आश्रम 
 

Galeshwor Ashram
 

आश्रमका निःशुल्क सेवाहरू
१. संस्कृत शिक्षा – ज्ञानको ज्योति
२. आवासको व्यवस्था – यात्रीको सहारा
३. भोजन – जीवनको आधार
४. स्वास्थ्योपचार – आरोग्यको मार्ग
आश्रमका यस्तै पवित्र उद्देश्यहरूलाई निरन्तर प्रवाहित गर्न आजै सहयोग गर्नुहोस् ।
अझ विस्तृतमा जान्नका लागि...
Donation Form (#3)
Home / The Ashram / आश्रमका विशेषताहरु / गलेश्वर आश्रम देवघाटधामद्वारा २०८२ माघ १८ गतेदेखि फाल्गुन १७ गतेसम्म लक्षचण्डी विराट् महायज्ञ आयोजना गर्ने
No ACF gallery field data found

गलेश्वर आश्रम देवघाटधामद्वारा २०८२ माघ १८ गतेदेखि फाल्गुन १७ गतेसम्म लक्षचण्डी विराट् महायज्ञ आयोजना गर्ने

कलियुगमा भगवती महामाया चण्डी र भगवान् श्रीगणेशको उपासनाद्वारा परिवारमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको कल्याण प्राप्त हुन्छ भन्ने शास्त्रीय सत्यलाई हृदयङ्गम गर्दै, राष्ट्रशान्ति, आत्मकल्याण, समग्र समाजको चेतना जागरण र विश्वबन्धुत्वको भाव प्रवर्द्धनार्थ गलेश्वर आश्रम स्थापनाको शतवार्षिकी (१०० वर्ष) को परम पावन अवसरमा आगामी माघ १८ गतेदेखि फागुन १७ गतेसम्म पूर्ण एक महिनासम्म देवभूमि देवघाटधामस्थित गलेश्वर आश्रममा लक्षवण्डी विराट् महायज्ञ–२०८२ भव्यतापूर्वक सम्पन्न हुँदैछ।

यस ऐतिहासिक अनुष्ठानमा लक्षचण्डीपाठ र हवन (एक लाख चण्डीपाठ), लक्षगणपति अथर्वशीर्षपाठ (एक लाख गणपति अथर्वशीर्षपाठ), भगवान् गणेशको एक हजार नामद्वारा दुर्वार्चन (दूबो अर्पण) तथा मोदकार्पण (लड्डु अर्पण), भगवान् लक्ष्मीनारायणको एक हजार नामद्वारा विशेष पुष्पार्पणसहित विविध वैदिक साधना र यज्ञीय अनुष्ठान सम्पन्न गरिनेछ।
यो विराट् महायज्ञले व्यक्तिगत जीवनलाई साधनामय, उज्ज्वल र सार्थक बनाउने मात्र नभई, राष्ट्रको सांस्कृतिक, सामाजिक, धार्मिक र आध्यात्मिक चेतनालाई जागृत गरी भावी सन्ततिका लागि अक्षय धरोहर छोड्नेछ। यस महायज्ञबाट राष्ट्रिय जीवन, चरित्र र संस्कृतिको संरक्षण–संवर्धन हुनुका साथै आध्यात्मिक पर्यटनको विकास, सामाजिक एकताको विस्तार र राष्ट्रिय समृद्धिको बाटो प्रशस्त हुनेछ।
अतः सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी, श्रद्धालु भक्तजन, आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, साधक–साधिकाहरूलाई तन, मन, धन र वचनले सहभागी भई यजमान वा साधक बनेर यस महान् आध्यात्मिक साधनायात्रामा सहयात्री बन्न हार्दिक आह्वान गर्दछौं।
देवभूमि, तपोभूमि तथा आध्यात्मिक साधनाको केन्द्र देवघाटधाम गलेश्वर आश्रममा सिद्धेश्वर महादेवको पावन सान्निध्यमा एक महिनासम्म सञ्चालन हुने यस ऐतिहासिक महायज्ञमा सहभागी भई जीवनलाई साधनामय, पुण्यमय र कृतार्थ बनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।

© Copyright 2007-2025 Galeshwor Ashram. All Rights Reserved.
chevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram