आश्रममा आश्रित साधु-सन्त, भक्तजन,वृद्धवद्धा,वेद वेदाङ्ग विद्यालयका अध्यापक,अध्येता,ब्रहमचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक ) नि:शुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ। वर्तमान समयमा ३०० जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा छ ।
स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफनो जन्मदिन अथवा पितृहरूको तिथिमा वा कोही कसैको नाममा अक्षयकोषमा न्युनतम रु. १५०००।- रकम जम्मा गन सक्ने व्यवस्था छ। व्याजबाट अन्नक्षेत्रको नियमित रुपमा सञ्चालन भएका छ। दाताहरूको पितृको सम्झनामा वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिन्छ ।
पितृहरूको तिथिका दिन प्रातः व्राह्मणद्रारा नदी किनारमा संकल्प गरी तर्पण गर्ने र जन्मदिनको उपलक्ष्यमा शिवालयको नियमित पूजामा संकल्प सहित स्द्राभिषेक गर्ने गरिन्छ ।